www.tandavnews.com
Fact ~ In search of truth

पश्चिम चितवनको पटिहानीमा पर्यटक प्रहरी

चितवन ।

सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही जेठ १० गते उक्त कार्यालय शुभारम्भ गरिने बताइन् । उनले पर्यटन प्रहरी रहेसँगै आन्तरिक र बाह्य पर्यटकले सुरक्षित महसुस गर्ने र यसबाट पर्यटकको सङ्ख्या बृद्धि हुने अपेक्षा गरिएको जानकारी दिइन् ।

Batas

वडा नं २२ का अध्यक्ष विष्णुराज महत्तोले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी रहने बताए । पश्चिम चितवनको यस क्षेक्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको त्रममा रहेका, पाँच वटा ठूलो होटल सञ्चालन भइरहेका र साना दुई दर्जनको हाराहारीमा होटल रहेको उनले जानकारी दिए । ती होटलमा ५०० को क्षमता रहेको छ ।

अहिले यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार अहिले पर्यटकको चाप बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान रहेको उनले बताए ।
(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.