www.tandavnews.com
Fact ~ In search of truth

पाँचथरमा मध्यरातमा दुई परिवारका ९ को विभत्स हत्या

पाँचथर
ताण्डव न्यूज ।

पाँचथरमा गएराती सामुहिक हत्या भएको छ ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका –३ आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको हो । प्रहरीको अनुसार स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

Batas

धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका ४ जनाको हत्या भएको हो । शव घरभित्रै र बाहिर विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम नखुलेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम रहेका छन् । १२ वर्षीया सीता खजुम भागेर बाँचेकी छिन उनी गम्भीर घाईते भएकि छिन् ।

घटना मध्यरातमा भएकाले स्थानीयले बिहान मात्र थाहा पाएका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.