www.tandavnews.com
Fact ~ In search of truth

पाइपलाइन उद्घाटनकै दिन घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं।

नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेको छ ।

पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले डिजेल–मट्टितेल र पेट्रोल मूल्य घटाएको हो।मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाएको हो

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो।मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ।पाइपलाइनबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.