www.tandavnews.com
Fact ~ In search of truth

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा

काठमाडौँ (रासस)

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

Batas

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.