www.tandavnews.com
Fact ~ In search of truth

पाथीभरामा ४ महीनामा ५० लाख भेटी

ताप्लेजुङ ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव ५० रुपैँया लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए ।

यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।

वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाख रुपैँया भन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा जाने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.