www.tandavnews.com
Fact ~ In search of truth

पार्टीलाई गतिशिल बनाउन काँग्रेस बैठक असार २२ मा

पोखरा ।

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी असार २२ गते बस्ने भएको छ ।

नेविसंघ लगायतका पार्टीका सबै संगठनहरुको संरचना निर्माणका लागि निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको जनाइएको छ । काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको छ

बैठकमा नेविसंघ, तरुण दल लगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.