www.tandavnews.com
Fact ~ In search of truth

पालिखेचोकलाई थप ब्यवस्थित पारिँदै, भत्काइयो घरको पेटी (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पोखराको पालिखेचोकलाई ब्यवस्थित बनाउने कामले तिव्रता पाएको छ । पोखरा महानगरको वडा नम्बर ४, ३ र ९ नम्बर पर्ने उक्त चोक ब्यवस्थित बनाउन १० महिना अघि देखि काम सुरु गरिएको हो । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम अघि बढेको हो ।

१० महिना अघि चार वटा घर भत्काएर पालिखेचोकलाई ब्यवस्थित बनाउन थालिएको थियो । शनिबार पनि चोकमा फुटपाथ बनाउन साँघुरो भएपछि एक घरको पेटी भत्काइएको वडा नम्बर चारका वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । ‘फुटपाथ बनाउन साँघुरो भयो । एउटा घरको पेटी भत्काउन पर्ने भयो भत्काइयो,’ उनले भने, ‘घरधनीसँगको सल्लाहमा समझदारीमै भत्काइयो ।’

पालिखेचोक ब्यवस्थित बनाउन सीता कन्स्ट्रक्सनलाई जिम्मा दिइएको छ । पालिखेचोकमा नाला राख्ने तथा ह्वीमपाइप हाल्ने, ढलान तथा डिभाइडर निर्माण, सडक ग्राभेल तथा पीच गर्ने काम हुनेछ ।

Batas

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.