www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा वार्षिक ४० हजार सुन्तलाका विरुवा उत्पादन

पाल्पा।

सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले वार्षिक ४० हजार सुन्तलाका विरुवा उत्पादन गर्दै आएको छ । नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढेपछि नेपाली सुन्तला उत्पादन बढाउन विरुवा उत्पादनमा केन्द्र जुटेको हो ।

पाल्पामा उत्पादित सुन्तलाका विरुवा म्याग्दी, पर्वत, बाग्लुङ्ग लगायतका जिल्लामा अधिक मात्रामा निर्यात हुँदै आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र, पाल्पाले जिल्ला बाहिर निर्यात गरी आठ लाख आम्दानी गरेको थियो ।

Batas

केन्द्रले यसपालि पनि ४० हजारभन्दा बढी सुन्तला, कागती, जुनार उत्पादन गर्ने लक्ष्य छ । निरोगी विरुवा उत्पादनका लागि जाली घरमा सुन्तला तथा जुनारका माउ विरुवालाई हुर्काइएको छ । निरोगी बोटबाट नयाँ नयाँ विरुवा हुर्काउन सकिने र त्यस्ता विरुवामा रोगले छिटो आक्रमण गर्न नसक्ने प्राविधिकको दाबी छ ।

माउ विरुवाका हाँगालाई तीनपात्रे सुन्तला ९वन सुन्तला० मा कलमी गर्न सकिन्छ । तीनपात्रे सुन्तलाको मुनालाई कैँचीले काटेर बीच भागमा चिरेर माउ सुन्तलाको हाँगा हाली प्लास्टिक टेपले बाध्नुपर्छ । यसरी नै कलमी विरुवा उत्पादन हुने केन्द्रका प्रमुख बमबहादुर थापाले बताए।

विशेष गरी कलमीले छिटो उत्पादन दिने हुँदा आम्दानीसमेत छिटो लिन सकिने हुन्छ । त्यसैले कलमीको विरुवाको माग बढ्दो छ । ‘कलमी गरेको स्थानमा जरा हटाउनुपर्छ, कहिलेकाहीँ जरा पलाउने समस्या हुन्छ,’ प्रमुख थापाले भने।

देशको मध्यपहाडी क्षेत्रका ३८ जिल्लामा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । त्यसकारण पनि पाल्पामा सुन्तलाको विरुवाको माग बढी रहेको पाइन्छ ।विजुभन्दा कलमीका सुन्तलाका विरुवाको माग बढ्दो छ । सुन्तला दानाबाट हुर्काइएका विरुवाबाट ५÷६ वर्षमा मात्रा फल लाग्ने हुँदा यस्ताभन्दा कलमी विरुवामा किसानको आकर्षण बढ्दो छ ।

पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट क्षेत्रका किसानले सुन्तला तथा कागतीका विरुवा उत्पादन गर्दै आएका छन् । रैनादेवी गाउँपालिका–४ अमलाबासका सुन्तलाको विरुवा बेचेर आम्दानी गर्दै आएको स्थानीय विष्णु कोइरालको भनाइ छ ।

सुन्तला खेतीबाट आयआर्जन हुन थालेपछि यसको विरुवाको माग पाल्पामा बढ्दो छ । नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढ्दो छ । चिस्यान केन्द्र नहुँदा चैत वैशाखभन्दा पछिल्लो महिनासम्म सुन्तला राख्न नसक्दा किसानले वास्तविक मूल्य नपाउने र भारतीय सुन्तला बजारमा हुने समस्या बढेको किसानको गुनासो छ ।

सुन्तला जातका फलफूल विश्वभरनै पाइने भएपनि नेपालमा उत्पादित सुन्तला स्वादिलो रहेको पाइन्छ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो ।

भिटामिन ‘ए’ र क्याल्सियमले भरिपूर्ण सुन्तलाको नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुर्ने स्वास्थ्यकर्मीको भनाइ छ । केन्द्रले पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जमा प्राविधिक सेवा दिँदै आएको छ। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.