www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा भारतिय गाडीले ३ माेटरसाइकलाइ ठक्कर दियाे, एक गम्भिर २ जना सामान्य घाइते

पोखरा
ताण्डव न्यूज ।

पोखराको लेकसाइडमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मदिरा सेवन गरी भारतिय नम्बर प्लेटको गाडी चलाएका अजय बरालले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएका हुन् । दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

भारतको दिल्लीबाट पोखरा घुम्न आएको उनले मदिराको नशामा सवारी चलाएको पाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए । घाइतेहरुको पोखराकै मेटो सिटी अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक   र एच अार ०९ एल ००० ९ नम्बरकाे गाडी   प्रहरी चौकी बैदामको नियन्त्रणमा छन् । थप विवरण अाउन बाँकी छ ।

Batas
भारतिय गाडी । तस्बीर लक्ष्मण बराल
भारतिय गाडी । तस्बिर सामाजकि सन्जाल ।

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.