www.tandavnews.com
Fact ~ In search of truth

पाेखराबाट गाेरखा भ्रमण गएकाे बसकाे ठक्करले वालककाे मृत्यु !

 ताण्डव न्यूज, पाेखरा ःपाेखराबाट शैक्षिक भ्रमणको लागि गोरखा गएको बसको ठक्करले गोरखामा एक विद्यार्थीको मृत्यु भएको छ ।

पोखराको ताराकुञ्ज बोडिङ स्कूलका विद्यार्थी लिएर गोरखा भ्रमणका लागि गएको ग १ ख ६३९६ नम्बरको बसको ठक्करले गोरखा नगरपालिका १२ को १० किलोमा बस्ने प्रिन्स थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दायाराम पौडेलले जानकारी दिए । सेन्ट जोसेफ कक्षा सातमा पढ्ने नौ वर्षका थापा विद्यालयबाट घर फर्कँदै थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.