www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा करेन्ट लागेर एककाे मृत्यु !

 

 

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा करेण्ट लाग्दा एकको मृत्यु भएको छ । करेण्ट लागी पाल्पा जिल्ला घर भई हाल पोखरा –१३ काहुखोला स्थित सोल्टि मेटलम काम गर्दै आएका २२ वर्षीया केशव थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषण गरेकाे  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । पोखरा महानगरपालिका –१३ भद्रकाली चोकका उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा थापालाई करेण्ट लागेको प्रहरीले बताएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखराको सिम्पानीमा मोटरसाईकलको ठक्करबाट एक घाईते भएका छन् । लु ४७ प ५३१७ नम्बरको मोटरसाईकको ठक्करबाट धादिङ जिल्ला घर भई हाल पोखरा –१ सिम्पानीमा बस्दैँ आएका २८ वर्षीया अमृत गुरुङ घाईते भएका हुन् । गुरुङको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.