www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष थापाकाे गाेप्य भेट वार्ता, के भयाे कुराकानी ?

 

पाेखरा ,     

ताण्डव न्यूज ।

Batas

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग पोखरामा शुक्रबार एक घन्टा गोप्य वार्ता गरेका छन्।

पोखरा १७ दोबिल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्र र थापाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको थियो। छलफलमा राजसंस्थाको पुनस्र्थापना, हिन्दु राज्य, दलहरूभित्र रहेको तीव्र विवादका विषयमा कुराकानी भएको थियो।

राप्रपाले हिन्दु राज्य स्थापनालाई प्रमुख एजेन्डा बनाएर देशभर अभियान सञ्चालन गर्न लागेको र कांग्रेसमा पनि हिन्दुत्वको एजेन्डा उठिरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष थापाबीचको यो भेटलाई अर्थपूर्ण मानिएको छ। हिन्दु राज्यको एजेन्डा उचालेर राजसंस्था पुनस्र्थापना गर्ने रणनीतिअनुसार पूर्वराजा शाहले पछिल्लो समयमा राजनीतिक भेटवार्ता र सक्रियता बढाएका छन् । यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र केही दिनदेखि पोखरामा छन्।

भोटपछि अध्यक्ष थापाले मुलुकको बिग्रँदो अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रर चिन्तित रहेको बताएका छन्। ज्ञानेन्द्रसँगको भेटपछि राप्रपा अध्यक्ष थापाले ट्विट गरेका छन्, ‘पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो।

मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ।’ पूर्वराजा ज्ञानेन्द्र र थाापाबीच मुलुकको समसामयिक राजनीतिका बारेमा एक घन्टा लामो भेटवार्ता भएको राप्रपा स्रोतले जनाएको छ। राप्रपाले आगामी फागुन ७ देखि हिन्दु राष्ट्र पुनस्र्थापना अभियान सञ्चालन गर्न लागेको छ। त्यसैको तयारीमा प्रशिक्षण दिन राप्रपा अध्यक्ष कमल थापा पोखरा आएका हुन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.