www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा भएकाे एसियन ट्रायथलन च्याम्पियनसिप : जापानका माकोतोलाई स्वर्ण

ताण्डव न्युज ।

जापानका माकोतो ओदाकुराले प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन्। उनले ट्रायथलनको स्प्रिन्ट विधामा निर्धारित दूरी २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारे।

उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन्। दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेन्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनट ०२ सेकेन्डमा दूरी पुरा गरे।

पोखरामा आयोजित च्याम्पियनसिपको महिलातर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिन ५६ सेकेन्डमा साथ स्वर्ण हात पारिन्। जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनट ५१ सेकेन्डमा साथ रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डका साथ रजत पाए।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका गरी पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

यस्तै सातौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा नेपालका बसन्त थारुले स्वर्ण हात पारे। उनले १ घन्टा ३ मिनट ५८ सेकेनडमा दूरी पुरा गरे। दोश्रो भएका लोकेश कुमार बाबुजीले १ घन्टा ७ मिनट १३ सेकेन्डमा दूरी पार गरे। नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनट ३४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हात पारे।

महिलातर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे। मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले। नेपालकी सोनी गुरुङले १ घन्टा १८ मिनट ४९ सेकेन्डको दूरी पूरा गर्दै तेस्रो भइन्।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे। उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे। यस्तै दोश्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए।

महिलातर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पुरस्कार वितरण गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.