www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा प्रिमियर लिगकाे मिती सर्याे !

पाेखरा ।

पाेखरामा हुने पाेखरा प्रिमियर लिग (पीपीएल)  हुने समय सरेकाे छ । क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा कात्तिक अन्तिम साताबाट सुरु हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण सरेकाे हाे ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा आयोजना हुने १३औं साफ, इङ्ल्यान्डको मेरिलिबन क्रिकेट क्लब (एमसिसी) र यु –१९ टोलीको भारत भ्रमणका कारण प्रतियोगिता एक महिना पछि सरेको जनाएको हो । १३आंै साग मंसिर १५ बाट २४ गतेसम्म हुनेछ । यता एमसिसीले कात्तिक २६ मा नेपालको भ्रमण गर्र्दै छ । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म सञ्चालन हुनेछ ।

Batas

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौैं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढीको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो संस्करणमा पोखाराले चितवनलाई पराजित गर्दै उपाधि जितेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.