www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा लभ्ली डाँडामा दुई जना झुण्डीएको अवस्थामा फेला

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१९ लभ्ली डाँडामा महिला पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । लभ्ली डाँडाको एउटा रुखको एउटै हाँगामा दुई छुट्टाछुटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए ।

कार्कीका अनुसार झुण्डिएको शव सडेगलेको छ । ‘शव हेर्दा एक महिना पुरानो जस्तो देखिन्छ,’ उनले भने, ‘महिला पुरुषको पहिचान भएको छैन् ।’ स्थानीयको अनुसार पुरुषले सेतो लाम्बाहुले टिसर्ट लगाएका छन् भने केटी सेतो स्ल्याक्स र हातमा चुरा लगाएकी छन् । अन्य लुगा भने डुसी पलाएको जस्तो रंग उडेको छ ।

Batas

प्रहरी स्रोतका अनुसार घटना स्थल छेउमै एउटा रुखको मुनी सिम कार्ड फेला परेको छ । सोही सिम कार्डको अनुसार उनीहरुको घर परिवार पत्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.