www.tandavnews.com
Fact ~ In search of truth

पिउनेपानी नहुदाँ गाउँ छोड्दै स्थानिय

दमौली ।

तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उनलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उनको चाहना पूरा हुनसकेको छैन ।

पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उनले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताए । उनले भने, “पिउनको लागि पानी छैन, तरकारी खेतीका लागि कहाँबाट पानी ल्याउनु रु जग्गाजमीन यसै बाँझो राख्नुपर्ने अवस्था छ ।”

पानीकै अभावमा भएको जग्गा जमीनमा तरकारी समेत रोप्न नपाएको उनी बताउछन । उनका अनुसार यस ठाउँका महिला बिहान ४ बजेदेखि नै पानी लिन कुवामा जाने गरेका छन् ।दर्लामीका अनुसार पिउने र सरसफाइ गर्ने पानी लिनका लागि एक घण्टा भन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “पिउने पानीकै जोहो गर्न कठिन छ, अन्य कामका लागि पानीको जोहो गर्न सकिरहेका छैनौँ ।” बिहान हुने वित्तिकै पानीको जोहो गर्न कुवामा जानुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

मगर जातिको बसोवास रहेको यस ठाउँमा खानेपानीकै समस्याले गर्दा स्थानीय मर्कामा परेका छन् । खानेपानीकै अभावले यहाँका केही स्थानीयवासीले बसाइसराइ गरेका छन् ।स्थानीयवासी अमर थापाका अनुसार केही वर्ष अगाडिसम्म ९८ घरधुरीको बसोवास रहेको यस ठाउँमा अहिले ६८ घरधुरी छन् । उनले भने, “खानेपानीको अभावले गर्दा कतिले यो ठाउँ छाडिसके, अझै कतिले छोड्ने हुन् थाहा छैन ।” उनका अनुसार यस ठाउँका मानिस दमौली आसपास बसाइँ सरेका छन् ।

खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन

यस ठाउँमा खानेपानी आयोजना निर्माणका लागि रोटरी क्लबले सम्भाव्यता अध्ययन शुरु गरेको छ । क्लबको सक्रियतामा यहाँका स्थानीयवासीलाई खानेपानी खुवाउनका लागि स्थानीय जनप्रतिनिधि, रोटरी क्लब अफ हवाई युएसएका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले पानीको मुहानमै पुगेर सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

अष्टज अनुसन्धान तथा विकास केन्द्र नेपाल ९आरडिसी० का पूर्वअध्यक्ष डा .दुर्गादत्त पौडेलको विशेष पहलमा सो क्षेत्रमा खानेपानीको आवश्यकताबारे सम्भाव्यता अध्ययन तथा स्थानीयवासीसँग छलफल थालिएको छ ।परियोजना लागू भएको खण्डमा गाउँलाई पुग्ने खानेपानी तथा पानीको गुणस्तरमापन गरी गुणस्तरीय पानी उपलब्ध गराइने अष्टज अनुसन्धान तथा विकास केन्द्र नेपालका अध्यक्ष पुष्प मोक्तानले जानकारी दिए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.