www.tandavnews.com
Fact ~ In search of truth

पितृको स्मृतिमा दुई लाख लागतमा मन्दिर निर्माण

गलेश्वर ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका एक व्यक्तिले दिवङ्गत आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरेका छन् ।

भकिम्लीको राखु निवासी कृष्णबहादुर पुनले आफ्ना दिवङ्गत बाजे सुवेदार चक्रबहादुर पुन र बजै देवीसरा पुनको स्मृतिमा दुई लाख ५० हजार रुपैँयाको लागतमा कमलजैसी मन्दिरको निर्माण गरेका हुन ।
पश्चिमका देवताका नामले समेत पुकारीने कमलजैसीको नवनिर्मित भवनको हिजो (आइतबार ) एक कार्यक्रमका बीच उद्घाटन गरिएको स्थानीयवासी राजीन रोकाले जानकारी दिए

वर्षौंदेखि खुला स्थानमा कलमजैसी देवताको पूजाआजा हुँदै आएको भकिम्लीको डाँडाखानीमा मन्दिर निर्माण भएपछि सहज भएको स्थानीयवासीले बताएका छन् । मन्दिरको वरिपरि घेराबार गरिनुका साथै पूजाआजाका लागि सहज हुने गरी भौतिक पूर्वाधार निर्माण पनि गरिएको रोकाले बताए ।    रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.