पोखरा ।
स्वतन्त्र विधार्थी यूनियन पोखरा विश्वविधालयले आफ्ना मागहरुलाई वेबस्ता गरेको भन्दै विश्वबिधालय प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएको छ ।
विगत ९ महिना देखी बिभिन्न चरणमा गरिएका मागहरु प्रति प्रशासनले चासो नदिएको भन्दै एक हप्ते अल्टिमेट दिइएको हो स्वबियु सभापति सुनिल तिमिल्सिनाले भने ।उनले एक हप्ता भित्रमा मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रत्येक प्रदेशमा एक एक आंगिक क्याम्पस खोलिनुपर्ने , विश्वविधालय भित्र बैकिंङ सुविधा व्यबस्थापन गरिनुपर्ने , प्रत्येक संकायको आफ्नै परिक्षा नियन्त्रक तोकिनुपर्ने ,विधार्थीहले रिचेकिङ गर्न पाउनुपर्ने जस्ता मागहरुलाई स्वबियुले प्रशासन समक्ष राखेको छ ।
‘हामिले बिभिन्न चरणमा मागहरु राख्दै आएका छौं हाम्रा मागहरु विश्वबिधालय र बिधार्थीको हितमा छ’ सभापति तिमिल्सिनाले भने, ‘ प्रशासन गम्भिर देखिएन , हाम्रो मागलाई सम्बोधन हुने उचित वातावरण बनेन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं ’ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.