www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल ः बुटवलमाथी काठमाडौँका बलरको दबदबा

पोखरा
ताण्डव न्यूज ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तरगतको शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ ।
१७३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । बुटवलका लागि रोहन मुस्तफाले ५१ ब्लमा ६१ रन जोडेपनि अरु ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा हार टर्न सकेन । ५ चौका र ४ छक्का प्रहार गरेर खेलिरहेका उनलाई बसन्त रेग्मीको बलमा जोगाउन सकेन ।बुटवलका लागि सिद्धान्त लोहनीले १३ र भिम सार्कीले १२ रन बनाए ।

बलिङतर्फ काठमाडौंका अमरसिंह रौटेलाले ३, बसन्त रेग्मी र नन्दनकुमार यादवले समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । विष्फोटक ब्याटिङ गर्दै नरेश बुढाएरले काठमाडौंलाई ठुलो स्कोरमा पु¥याएका थिए । उनले २८ बलमा ५८ रन बनाएका थिए । उनले ५ छक्का र ३ चौका प्रहार गरे ।

त्यस्तै, जयक्रिशन कोल्सवालले ४५ रन बनाए । उनले ३५ बलमा ३ चौका र २ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा अबिजित रहे । पवन सर्राफले पनि २२ रनको योगदान दिए । बलिङतर्फ बुटवलका विपिन खत्रीले २ विकेट लिएका थिए । शिर्ष स्थानमा रहेको ब्लास्टरलाई हराएर काठमाडौँले अघिल्लो चरणको यात्रालाई थप सहज बनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.