www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल फाइनल ः पोखरालाई चितवनको १६१ को टार्गेट

पोखरा
ताण्डव न्यूज ।  
पोखरामा जारी पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) को फाईनलमा टस जितेर बलिङ रोजेको पोखरालाई चितवन राइनोजले १६१ रनको टार्गेट पेस गरेको छ । उपाधीका लागि पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएपछि १६१ रनको टार्गेट पाएको हो ।

फुटबलको राजधानीको रुपमा चिनिएको पोखरामा पहिलो पटक आइसीसीले नै मान्यता दिएको पीपीएलमा चीतवन राइनोजका कप्तान पारस खड्काले पोखरा विरुद्ध अर्धशतकको उत्कृष्ठ पारी खेले । उनले ३७ बलमा ५१ रन हिर्काए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनी यस सिरिजकै उत्कृष्ठ ब्याट्सम्यान समेत हुन । उनी म्यान अफ द सिरिजका दाबेदार समेत हुन् । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा नटआउट नै रहे ।

त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले लामो इनिङ्स सम्हाले । ९ रन बनाएको अबस्थामा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुदा दोस्रो विकेटको रुपमा पारसलाई गुमायो । अनिल र पारसको साझेदारीमा पछि आएका सन्नी पटेलको विस्फोटले १६१ रन को लक्ष्य दिन मद्धत ग¥यो ।
पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १–१ विकेट लिए ।

Batas

शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंक तालिकामा ६ अंक सहित रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै उपाधी भिडन्तमा प्रवेश गरेको हो । लिग चरणमा दुवै टोलीले समान ३ जित र २ हारका साथ ६ अंक जोडे पनि चितवन रनरेटका आधारमा दोस्रो स्थानमा सिमित भएको थियो । दुई टोलीबीच लिग चरणमा भएको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो ।

चितवन सामु फाइनलमा पोखरालाई हराउँदै लिग चरणमा भोगेको हारको बदला लिने मौका छ भने पोखरालाई लिगमा जितेको आत्मविश्वास र घरेलु मैदान र दर्शक साथ छ । लिग विजेताले २७ लाख रुपैँया पाउनेछ । उपविजेताले १० लाख पाउनेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.