www.tandavnews.com
Fact ~ In search of truth

पुख्र्यौली पहिरन संरक्षणका लागि ‘हेरिटेज अफ फेशन शो’

पोखरा,
ताण्डव न्यूज ।

पछिल्लो समय लोप हुँदै गएको मौलिक पहिरनलाई संरक्षण र समर्वद्धन गर्ने लक्ष्य सहित एएसएपी इन्टरटेन्मेन्टले ‘हेरिटेज अफ फेसन शो’ आयोजनामा गर्ने भएको छ ।

आगामी साउन १८ गते पोखराको होटल ग्रान्डमा उक्त कार्यक्रमको आयोजना हुने विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले उक्त फेशन शोमा २७ मोडलले पुख्र्यौली पहिरनमा ¥याम्प वाक गर्ने बताए । ‘शोले नेपालको सांस्कृति सम्पदा झल्काउनेछ, उनले भने, ‘यसले आन्तरिक पर्यटन भ्रमण बर्षलाई पनि सहयोग पु¥याउने हामिले लक्ष्य लिएका छौ ।’

उनका अनुसार बुद्ध वाज वर्न इन नेपाल, कन्ट्रक्सन अफ हेरिटेज, नेपाल सौन्दर्य र दरबार गरी चार सिक्वेन्समा फेसन शो हुनेछ । जसमा देविना भट्टराई, जानकी कडायत, तेजु मगर र सुपी रसाइलीले आफ्नो डिजाइन प्रस्तुत गर्नेछन ।

शोमा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन भने ‘कपर्रेट क्विन २०१९ शितल थापा शो स्टपरको फेशन शोमा प्रस्तुत हुने आयोजकले जानकारी दिए । यस्तै गायिका मिलन नेवार, पोखराकी प्राप्ती तुलाचनको प्रस्तुती रहनेछ ।

मुस्कान रानीको कोरियोग्राफीमा हुने शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिजेट झल्किने पहिरन समावेश गरिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.