www.tandavnews.com
Fact ~ In search of truth

 पुरानै स्वरुपमा बग्न थाल्यो थुनिएको कालीगण्डकी

 

 

बेनी ।

मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ ।

गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिए । उनका अनुसार, अहिले स्काभेटर प्रयोग गरी कालीगण्डकी नदीमा थुप्रिएको सुख्खा पहिरो हटाउने काम भइरहेको छ ।

आज बिहान सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्ने कार्य गराएका थिए । सानो पहिरोले नदीको बहावमा सामान्य बदली मात्रै आएको हुँदा तटीय क्षेत्रमा ठूलो जोखिम नरहेको म्याग्दीका प्रमुख जिल्ल्ला अधिकारी लीलाधर अधिकारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.