www.tandavnews.com
Fact ~ In search of truth

पुषे प्रन्ध र ल्होसार आज एकै दिन

पोखरा ,
ताण्डव न्यूज ।

आज ल्होसार पर्व,पुरानो वर्षलाई विदाइ साथै नयाँ वर्षलाई स्वागत गरि देशैभरका गुरुङ समुदायले आज यो पर्व धुमसाथ मनाउँदैछन् । यता पोखराका गुरुङ समुदायले पनि आज विशेष कार्यक्रमको आयोजना गरि ल्होसार पर्व मनाउँदैछन् । आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले शुक्रबार सुचना जारी गरि विदाको जानकारी दिएको थियो । यसै बीच आज पुषे प्रन्ध, नेपाली समुदायमा विशेष महत्व राख्ने पुषे प्रन्ध पनि मनाईदैछ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.