www.tandavnews.com
Fact ~ In search of truth

पुस १२ देखि बृहत तमु फो ल्होसार महोत्सव हुने

पोखरा
ताण्डव न्युज ।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा पोखरा– १० रानीपौवामा बृहत तमु फो ल्होसार महोत्सव हुने भएको छ । पुस १२ गते देखि १६ गतेसम्म हुने महोत्सवबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सामाजिक, साँस्कृतिक आर्थिक, पर्यटकिय विकासको प्रवद्र्धन गरी सबै जातजाति धर्म संस्कृतिप्रति, सद्भावपूर्ण वातावरण सृजना गरी सहिष्णुता कायम राख्न साथै तमु ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने उद्देश्यले यस महोत्सवको आयोजना गरेको कार्यक्रम संयोजक तथा यस संघका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए ।

Batas

५ दिनसम्म हुने महोत्सवको पहिलो दिन झाँकी सहितको ¥याली विहान ११ बजे मानव अधिकार चोक चिप्लेढुङ्गाबाट शुरु भई पोखरा अमरसिंह चौरमा कार्यक्रमको समुद्घाटन भई राष्ट्रिय कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति हुनेछ ।

१३ गते देखि १६ गते सम्म रानीपौवा स्थित संस्थाको आफ्नै प्राङ्गणमा हुने आयोजकले जानकारी दिए ।

महोत्सवमा रक्तदान कार्यक्रम, डकुमेन्ट्री, फोटो प्रर्दशनी, युवाहरुद्धारा नृत्य प्रदर्शन, प्रवचन कविता मुत्तक वाचन, दोहोरी गीत प्रस्तुति आदि विविध कार्यक्रम हुने जनाइएको छ । यस्तै १४ गते राती १२ बजे बोन फायर समेत हुनेछ ।

महोत्सवमा १८ वटा जिल्लाबाट ३ लाख दर्शकको अनुमानित गरिएको आयोजकले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.