www.tandavnews.com
Fact ~ In search of truth

पुस ५ देखि लेखनाथ महोत्सव

पोखरा,ताण्डव न्यूज ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र समृद्धि’ भन्ने नारासहित १५ औं लेखनाथ महोत्सव–०७५ हुने भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा पुस ५ गते देखि १६ सम्म महोत्सवको आयोजना हुने भएको हो ।

आज बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक गोपिचन्द्र बास्तोलाले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, उद्यमशिलता र प्रविधि हस्तान्तरण साथै आन्तरिक एंव बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने लागेको बताए ।

‘महोत्सवमा विविध कार्यक्रम समावेश गरिएको छ,’ उनले भने, ‘शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी खुल्ला कविता प्रतियोगिता समेत हुनेछ ।’

महोत्सवको आकर्षणमा लुकेको खोजी प्रतिभाको अभियान अन्र्तगत गायन विद्यामा गण्डकी तारा , ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती साथै युवाहरुलाई लक्षित गरि पप कन्सर्ट,विद्यालय स्तरिय नृत्य प्रतियोगिता र स्थानीय उत्पादन तथा कृषी प्रर्दशनी, फेन्सी, गार्मेन्ट्, डेरी आदि रहने आयोजकले जानकारी दिए ।

महोत्सवमा करिब ३५० स्टलहरु रहने छन् । ९० लाख खर्च हुने अुनमान गरिएको महोत्सवमा ३ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।खुल्ला कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार, तृतीयले ७ हजार, र सान्त्वना हुनेले ३ हजार नगद पुरस्कार पाउने जानकारी दिइयो ।

विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिमा प्रथम, द्धितिय, तृतिय सान्त्वना तर्फ क्रमशः २०, १५, १०, ५ हजार रुपैया प्रदान गरिनेछ । गण्डकी तारा प्रतियोगिता तर्फ प्रथम, द्धितिय, तृतीय, सान्त्वना पुरस्कार तर्फ क्रमशः ५०, ३५, २० ,१० हजार रुपैया रहेको छ । मातृशक्तिहरुको सम्मानमा रत्यौली गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्त्वना तर्फ ३०, २२, १५, ७ हजार ५ सय रुपैया प्रदान गरिने आयोजनले जनाएको छ ।

महोत्सवमा प्रवेश गर्ने दर्शकले ६० रुपैयाँ टिकट शुल्क तिर्नुपर्नेछ भने विद्यार्थीलाई परिचय पत्रको आधारमा डिस्काउन्ट दिई ४० रुपैयाँ शुल्क लाग्नेछ । साझँ कन्सर्टको लागि जाने दर्शकलाई १०० रुपैयाँ टिकट शुल्क लाग्नेछ । यस्तै वृद्धा, अपाङ, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरणको कार्डको आधारमा निशुल्क प्रवेश सेवा उपलब्ध गराइएको छ ।

बचत रकम निर्माण र प्रदर्शनी स्थलको स्थर उन्नती, शिक्षा, स्वास्थ, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.