www.tandavnews.com
Fact ~ In search of truth

पूर्वविदेशमन्त्री स्वराजको निधनले स्तब्धःप्रधानमन्त्री ओली

समवेदना व्यक्त

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.