www.tandavnews.com
Fact ~ In search of truth

पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनीः हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना

पोखरा।

यतिबेला देशभर चिसो बढिरहेको छ । केही दिन देखि मौसममा बदली पनि भईरहेको छ । मौसम बदली भइरहेको बेला मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भेगमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ ।वर्षा र हिमपातको सम्भावना रहेकोले हिमाली तथा पहाडी क्षेत्रमा बसोबास तथा भ्रमण गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

Batas

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगका केही केही स्थानमा हिमपातरवर्षाको सम्भावना सोमबारसम्मै छ ।

तीन दिनसम्मको मौसमी अनुमान

महाशाखाले शनिबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छः पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउनुहोला।

महाशाखाको अनुसार आज देशभरि नै आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ। अहिले देशको पश्चिमी र मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म र र बाँकी भूभागमा आंशिक बदली भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसमी अनुमानस्

मंसिर ७ गते शनिबार

दिउँसो :देशको पश्चिमी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ८ गते आइतबार

दिउँसोःदेशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।।

राति :देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रहि पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ९ गते सोमबार

दिउँसोःदेशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.