www.tandavnews.com
Fact ~ In search of truth

पूर्व एमालेभित्र विवाद, नेकपा सचिवालय बैठक फेरि सर्यो

काठमाडौं ।

विभागको विषयमा विवाद हुदाँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ ।

आज दिउँसोका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सरेको हो । प्रधानमन्त्री ओलीले गृहकार्य नपुगेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा बैठक सार्नका लागि आग्रह गरेका हुन् । बैठक भोली दिउँसो ४ बजे बस्ने भएको छ ।

Batas

ओलीले पूर्व एमाले भित्रको विवादले आजको बैठक बस्न नसकेको बताएका छन् । ओली अनुसारको पूर्वमाओवादी पक्षमा भने स्कुल विभागबाहेक अन्य विभागमा विवाद छैन। स्कुल विभागको विवाद कायमै रहेको बेला पूर्व एमालेमा भने विभागका नेतृत्वको विषषलाई लिएर पूर्वएमाले समूहमा विवाद बढ्दै गएको छ।

स्कुल विभागमा पर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले मुख्य रुपमा दावी गर्दै आएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.