www.tandavnews.com
Fact ~ In search of truth

पूर्व यूवराज पारसको स्वास्थ्य अवस्था क्रिटिकल

पोखरा ,
ताण्डव न्यूज ।

पूर्व यूवराज पारस शाहको स्वास्थ्य अवस्था क्रिटिकल रहेको अस्पतालले जनाएको छ ।

हिजो सोमबार अचानक हृदयघात भएपछि काठमाण्डौँको नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्य अवस्था खतरामुक्त नभईसकेको अस्पतालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तेस्रो पटक हृदयघात भएपछि नर्भिक पुर्याइएका शाहको मुटुको धमनी पुर्णरुपमा बन्द रहेको पाइएको चिकित्सकले बताएको थियो । एन्जियोप्लाष्टी गरी उनको धमनी हिजै सोमबार चलायमान गराइएको थियो । एक वर्षदेखि मुटु रोगसम्बन्धी औषधी सेवन गर्दै आएका शाहलाई मेजर हार्टअट्याक भएको नर्भिक अस्पताले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेकाले शाह केहीदिन अस्पतालमै रहने अस्पताल स्रोतले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.