www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोकबाट ठुलो परिमाणको लागु औषध सहित ७ जना पक्राउ

पोखरा,
ताण्डव न्युज ।

कास्की प्रहरीले ठुलो परिमाणको लागु औषध सहित ७ जनालाई पक्राउ गरेको छ ।

पोखराको पृथ्वीचोकको एक होटलबाट लागु औषध विक्रि वितरण गरिरहेको समयमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चार जना पोखराकै र तीन जना रुपन्देही धगधगीका रहेका छन ।

Batas

रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षीय रामवृक्ष कोहार, ४० वर्षीय तेतरी कोहार र सोनमक कोहार त्यस्तै पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ का २० वर्षीय शुक्रराज सुनार, पोखरा १३ का ४४ वर्षीय विक्रम विक , पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको कास्की प्रहरी प्रवत्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

सादा पोसाकमा खटिएका प्रहरी निरिक्षक सागर पन्तको कमाण्डले उक्त लागु औषध बरामद गरेको हो ।उनीहरुको साथबाट बुर्फिनर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान तथा नाइट्रोसन १ सय चक्की बरामद गरेको प्रहरीले जनाएको छ ।

यो समुह मार्फत पोखरामा लागू औषध भित्र्याउनको लागी पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा आइएमइ गरी पैसा पठाउने गरेको अनुसन्धानपछि खुलेको छ । उनीहरुले क्यारीयरको प्रयोग गरी लागु औषध पोखरा भित्र्याउने गरेको पनि अनुसन्धानमा खुलेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.