www.tandavnews.com
Fact ~ In search of truth

पेशेवर चोर ईन्द्र पक्राउ

 

पोखरा /ताण्डव न्यूज ।

पछिल्लो समय पोखरामा चोरीको घटना दिनदिनै बढ्दै गइरहेको छ । कहिले सुन पसल,मोइबाइल पसल त कहिले सहकारी नै लुटिने क्रम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले व्यापक एम्बुसिङ गरिरहेको छ ।

Batas

यहि क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीले सिरियल चोरी गर्दै आएका पेशेवर चोर दिपिन भनिने ईन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला घर भई हाल पोखरा महानगरपालिका –१० शान्तिपथ बस्ने २२ वर्षीय चोर ईन्द्रलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिएका छन् ।

चोर ईन्द्रको साथबाट चाँदीको कल्ली १ जोर,चाँदीको फोल्डिीङ बाला १ जोर,चाँदीको चुरा १ थान,चाँदीको बाला १ थान,चाँदीको सिक्री ३ थान ,चाँदीको पञ्चरत्ने वाला २ पीस बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै सुनको कटारी गेडी ९ पीस ,सेतो चाँदीको बाला १ थाल,चाँदीको पत्थरबाला औठी २ थान,चाँदीको गोलो पाउजु १ थान,चाँदीको ड्यासवाला पाउजु १ जोर बरामद भएको छ ।

इन्द्रले यहि मङसिर २१ गते पोखरा –११ रानीपौवा स्थित मोबाईल र सनचाँदी पसलमा चोरी गरेको ,२४ गते बिहान पोखरा –१५ घलेचोक स्थित दुई वटा सुनचाँदी पसल र एउटा किराना पसलमा चोरी गरेको पक्राउ पछिको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

चोर इन्द्रले चोरेका मालसामान आफ्नै राख्ने गरेको प्रहरी जनाएको छ । ईन्द्र माथी थप अनुसन्धान भईरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.