www.tandavnews.com
Fact ~ In search of truth

पैसामा सांसद पद बेच्नु दुर्भाग्य : पूर्वराष्ट्रपति यादव

काठमाडौँ ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।

डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए ।

Batas

“विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”– उनले भने । अहिले शिक्षकले विद्यार्थीलाई रोवर्ट बनाएको छ की मान्छे भनी प्रश्न गर्दै उनले मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको उल्लेख गरे ।

पूर्व राष्ट्रपति डा .यादवले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने बताए । काँग्रेसको तर्फबाट राष्ट्रपति बनेका डा. यादवले नेपाली काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले पैसामा सांसद पद बेच्नु दुर्भाग्य भएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.