www.tandavnews.com
Fact ~ In search of truth

पोखराः विजयपुरमा बम विस्फोट, पत्रकार र प्रहरी घाइते

पोखरा
ताण्डव संवाददाता

विप्लव नेतृत्वको नेकपाले मंगलबार आयोजना गरेको नेपाल बन्दकै दिन पोखराको विजयपुरमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी गण्डकी टेलिभिजनका संवाददाता घनश्याम पाण्डेय र जिल्ला प्रहरी कार्यालय कास्कीका जवान कुल बहादुर खत्री घाइते भएका छन् । दुवैको घाँटीमा चोट लागेको छ ।घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरी कार्यालय कास्कीका एसपी अशोक सिंहले ताण्डव न्यूजलाई बताए ।

Batas
घाइते भएका पत्रकार घनश्याम पाण्डेय

विजयपुर पुल छेउमा शंकास्पद वस्तु देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेपनि टोली घटनास्थल पुग्नुअघि नै बम विस्फोट भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.