www.tandavnews.com
Fact ~ In search of truth

पोखराका चर्चित गायिकाहरुको स्वरमा तारादेवी र अरुणा लामाका धुनहरु

पोखरा,
ताण्डव न्यूज ।

यहि असार २१ गते पोखराका चर्चित गायिकाहरुको स्वरमा तारादेवी र अरुणा लामाका धुनहरु गुञ्जने भएको छ ।

पोखरामा रहेको हार्मोनी दः मोर्डन सङ्गस्ट्रेसेस अफ पोखराको आयोजनामा पोखराको सभागृह हलमा विशेष साँगीतिक कार्यक्रम सहित संचालन गर्ने भएको छ ।

Batas

लोकप्रिय गायिका तारादेवी र अरुणा लामाको सम्झानामा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । साँगीतिक कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत गरिनेछ ।

लोप हुदै गएको सुगम संगीतलाई लोप हुन नदिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हार्मोनाीका अध्यक्ष ईतु जोजिजुले बताइन ।

‘अहिले लोक गीत र आइटम गीतहरुको बढी डिमाण्ड छ,’ ईतु जोजिजुले भनिन, ‘त्यस कारणले पनि हामिले कार्यक्रमलाई निरन्तर दिइरहेका छौ ।’

कार्यक्रममा दार्जलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा नृत्याङगाना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान गरिने साथै नया कलाकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने उदीयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान दिने उपाध्यक्ष कौशल्या गुरुङले जानकारी दिइन् ।

साँगेतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिनेछन ।यसक्रममा गायिका ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, तुप्रिहाङ थापा, एलिना गुरुङ लगायतका गायिकाहरुले आफ्नो बिशेष प्रस्तुती प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा पोखराकै लोपप्रिय गायकहरु कर्णदास, रामभक्त जोजिजु, बिनोद बानियाँ तथा ज्ञान थापाले पनि साथ दिनेछन । कार्यक्रमा प्रवेश शुल्क ५सय र १ हजार रहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.