www.tandavnews.com
Fact ~ In search of truth

पोखराका डुङगा व्यवसायी र चालकलाई आतिथ्य व्यवहार तालिम

पोखरा,
ताण्डव न्यूज ।

पोखराका डुङगा चालक र व्यवसायी लाई अनुशिक्षण तथा अभिमुखिकरण तालिम दिइएको छ ।

नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन तथा डुङगा व्यवसायी संघ कास्कीको समन्वयमा “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षणरअभिमुखिकरण तालीम दिइएको हो ।

Batas

पर्यटन परिषद पोखराका अध्यक्ष कार्यकारी निर्देशक चिरञ्जिवी पोखरेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा पर्यटन परिषद पोखराका कार्यकारी निर्देशक मणीराज लामिछाने ,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख , प्रहरी उपरीक्षक ओम राना, डुङगा व्यवसायी संघ कास्कीका उपाध्यक्ष मंगल नेपाली लगायतले मन्तवय राखेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड, पोखराका प्रबन्धक सुर्य थपलियाले पोखरा आउने पर्यटकहरुलाई डुङगा चालकहरुले दिनुपर्ने आतिथ्य व्यवहार तथा त्यसले पर्यटन विकासमा पुर्याउने योगदानका बिषयमा “ पर्यटन आतिथ्यता ” सम्वन्धी प्रस्तुतीकरण गरेका थिए ।

त्यसै गरी वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले “ पर्यटन र सुरक्षा ” सम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए । Fact Nepal  का प्रमुख मनिष झाले पर्यटक आतिथ्यताका लागी आवश्यक “ संस्कार , सभ्यता र व्यवहार ” सम्बन्धी प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रम सामुदाय प्रहरी साझेदारी कार्यक्रमको एउटा, हिस्सा पनि भएको र पर्यटन क्षेत्रलाई कसरी सुरक्षित बनाउने र डुङगाव्यबसायी र चालकको कस्तो भुमिका रहन्छ ? कसरी आतिथ्यता गर्ने ? भन्ने बिषयमा सरोकारवाला हरुलाई प्रशिक्षित गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

बिहान ८:५० बाट पोखरा लेकसाईड स्थित होटल ह्वाईट हाउस ईनमा सुरु भएको कार्यक्रम दिउसो १२:३० बजे सम्पन्न भएको थियो । पोखरा लेकसाईड क्षेत्रका ८ वटा डुङगा घाटका व्यवसायी र चालक गरि जम्मा ६५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले नेपाल सरकारको पर्यटन वर्ष २०१९ र गण्डकी प्रदेश सरकारको पर्यटन वर्ष २०२२ लाई पुर्णतया सफल बनाउन सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.