www.tandavnews.com
Fact ~ In search of truth

पोखराका बिक्रम बरालको आवाजमा प्रसादको गित

पोखरा ।

नेपाल आइडल सिजन २ का दाबेदार पोखराका बिक्रम बरालको आवाजमा प्रतिक्षित फिल्म प्रसादको गीत रेकर्ड भएको छ ।

 मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को तेस्रो गीत रेकर्ड बरालको आवाजमा गरिएको हो ।बिक्रमको स्वर रहेको उक्त गितमा ‘प्रसाद’को चर्चित गीत ‘लै लै‘.’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ ।

निर्देशक दिनेश रावतका अनुसार गितलाई फिल्ममा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ । यो गीत दर्शकले सिधै फिल्महलमा मात्रै हेर्न पाउने छन् । प्रसाद रिलिज पश्चात मात्रै गीतलाई युट्युबमा रिलिज गरिने छ ।

बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको निर्माता सुवास थापाले जानकारी दिए ।बरालले गीत रेकर्ड गर्नु अघि निर्माता थापाले उनलाई गीत गाए बापत पाउने पारिश्रमिक समेत हस्तान्तरण गरेका थिए ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । यस चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत मुख्य भुमिकामा रहेका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.