www.tandavnews.com
Fact ~ In search of truth

पोखराका १७ ट्राफिक सहित ४६४ जनामा डेंगुको संक्रमण

पोखरा ।

देशैभरी डेंगुको प्रकोप डरलाग्दो तरिकाले फैलिरहेको बेला कास्की पनि यसको उच्च जोखिममा रहेको छ । अहिलेसम्म कास्कीमा ४६४ जनामा यसको संक्रमण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । पोखरा महानगरको वडा नम्बर ८ र ९ यसको उच्च जोखिममा छन् । अन्य वडाहरुमा पनि यसको संक्रमण भएका मानिसहरु भेटिएका छन् ।

कास्कीको पृथ्वीचोक, सृजनाचोक क्षेत्रमा डिउटीमा खटिने ट्राफिक प्रहरीहरु पनि डेंगुको शिकार भएका छन् । पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘अहिलेसम्म १७ जना त हस्पिटलमै भर्ना भइसके,’ उनले भने, ‘८ जनाको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अरुको प्रहरीकै काठमाडौँबाट आएका चिकित्सकहरुले कोहिको पोखरामै कोहिको काठमाडौँमा उपचार भइरहेको छ ।’ डेंगु प्रकोपकै रुपमा पैmलने डरले आइतबार शिविर नै चलाएको उनले जानकारी दिए । ‘आज हामीले शिविर नै चलाएका छौँ,’ उनले भने, ‘सबै प्रहरीको स्वास्थ्य परिक्षण गरेका छौँ । अरुमा पनि यसको लक्षण देखिएको छ । उनीहरुलाई पनि थप उपचारको प्रोसेस अगाडी बढाएका छौँ ।’

Batas

ट्राफिक प्रहरीको कार्यालय रहेको क्षेत्र कवाडी सामाग्रीहरु थुपार्ने मुख्य क्षेत्र हो । पोखराको बसपार्क समेत रहेको उक्त क्षेत्र अहिले डेंगुको उच्च जोखिममा रहेको क्षेत्र हो । यस अघि डेंगु भएकाहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई पनि डेंगुको संक्रमण भएको पाइएको थियो । गण्डकी मेडिकल कलेज, फेवासीटी हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा यसको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका यम बराल बताउँछन् । ‘डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने भएकोले यसले कहाँ कतिबेला टोक्छ भन्ने थाहा हुन्न,’ उनले भने, ‘हामीले यसको न्यूनिकरण गर्नका लागि विभिन्न काम गरिरहेका छौँ । नगरपालिकाले, निर्देशनालय, वडाले, टोल विकास संस्थाहरुले यसको न्यूनिकरणको लागि काम गरिरहेका छौँ ।’ उनले लामखुट्टेको बासस्थान नष्ट गरे मात्र यसको न्यूनीकरण गर्न सकिने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.