www.tandavnews.com
Fact ~ In search of truth

पोखराको गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

 

 

पोखरा ।

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट चार करोड ५१ लाख ९९ हजार ४ सय ९१ आम्दानी गरेको छ ।

Batas

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी १ सय दरको एक लाख ४९ हजार ३ सय ४५ वटा टिकट बिक्री गरी एक करोड ४९ लाख ३४ हजार ५ सय आम्दानी भएको थियो ।

विभिन्न तीन किसिमका ५० को टिकटबाट एक करोड ३६ लाख ४६ हजार २ सय , ३५ बाट ३९ लाख ४७ हजार ७ सय ९० , २० दरको टिकटबाट छ लाख १३ हजार ४ सय ४० र १० को टिकटबाट ६१ हजार ६० रुपैयाँ आर्थिक सङ्कलन भएको हो ।

त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि १० को टिकटबाट नौ लाख ४८ हजार ७ सय ३० आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो औल्याए। मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उनले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गरे ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.