www.tandavnews.com
Fact ~ In search of truth

पोखराको वृत्तचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धाको अन्तिम १२ मा

 

 

पोखरा
ताण्डव न्यूज ।
पोखरावाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र ‘To The Everest and Beyond’ थाईल्याण्डमा आयोजना हुने एशियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणका लागि छनौट भएको छ ।
चार चरणको छनोट प्रकृया पछि अन्तिम १२ मा पर्न सफल भएको हो । लागु पदार्थ प्रयोग कर्ताहरुको एशियाली संजाल, ANPUD ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगाएत एशियाली मूलुकहरुका चलचित्र निर्माताहरुको आवेदन परेको आयोजकले जनाएका छन् । नेपाल लगाएत १६ वटा एशियाली मुलुकहरुको सहभागिता रहेको प्रतिस्पर्धाको पोखरा फिल्म सोसाईटी सहआयोजकको रुपमा रहेको छ ।

पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माण,निर्देशन गरेको वृत्तचित्र  पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा एच आई भी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित रहेको निर्देशक गौतमले जानकारी दिए । उनले भने ‘यो चलचित्र गोपालको वास्तविक जिवनमा आधारित भएर निर्माण गरिएको हो ।”

Batas

विश्व चलचित्र प्रतिस्पर्धामा पनि पछिल्लो समयमा यथार्तमा आधारित विषय वस्तुहरुलाई वढि प्राथमिकता दिने हुदा आफु सो प्रतियोगितामा सहभागि भएको उनको भनाई रहेको छ । उनले भने–“मेरो काम नै यथार्त विषयमा केन्द्रित भएर चलचित्रहरु निर्माण गर्ने हो अहिले पनि त्यस्तै विषयमा काम गरेको छु । यो काम प्रतिस्पर्धाका लागि भन्दा पनि गोपाल दाईको सगरमाथा अभियानको लागि पनि हो ।”

विक्रम संवत् २०४२ सालको राष्ट्रिय फुटवल टिमका प्रमुख डिफेन्डर गोपाल लागु पदार्थ प्रयोगका कारण टिम र लिग गेमवाट समेत निस्कासन भएका थिए । त्यस पछि उनि पोखरा घर फर्किए । परिवार समाज र आफन्त सवैले लागूपदार्थ प्रयोगकर्तालाई तिरस्कारको नजरले हेरे पछि उनमा मानसिक रोगको समस्या वढ्यो र बजारमा पाईने सवै खाले लागु पदार्थ प्रयोग गरे अन्ततः एच आई भी वाट समेत संक्रमित भए । २५ वर्ष पहिला चिकित्सकले तीन महिना भित्र मर्ने दावी गरिएका गोपाल यहि आउदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा रहेका छन् । यहि कथामा वास्तविक दृश्यहरुको संमायोजन गरी वृत्तचित्र निर्माण गरिएको छ ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको वृत्तचित्रमा घनश्याम लामिछाने, पुष्कर नन्दन अधिकारी र शेखर गौतमको लगानी रहेको छ । छायाँकन र सम्पादनमा घनश्याम लामिछाने रहेका छन् भने रंग संयोजन नेत्र गुरुङको हो । वृत्तचित्रको पाश्व संगीत रञ्जन गायकको रहेको छ भने कथा तथा निर्देशन विष्णु प्रसाद गौतमको रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.