www.tandavnews.com
Fact ~ In search of truth

पोखराको संस्कृति आमा समुहले गर्‍यो समाजसेवीलाई सम्मान

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका बडा नंं. १४ काजिपोखरी, मान्द्रेढुङ्गामा रहेको संस्कृति आमासमुहले आफ्नो प्रथम साधरण सभा तथा सम्मान कार्यक्रम भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

संस्कृति आमा समुहकी अध्यक्ष श्रीमति विष्णु शर्माको सभापतित्व र पोलेमनपा १४ का वडा अध्यक्ष श्री प्रेम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्र कार्यक्रममा कोषाध्यक्ष श्रीमति मञ्जिला गदालले आर्थिक प्रतिबेदन र अध्यक्ष श्रीमति विष्णु शर्माले बर्तमान तथा भाविकार्यक्रमहरु प्रस्तुत गर्नुका साथै समाजका विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेको थियो ।

Batas

सम्मानित हुनेहरुमा एकासी बर्षिय आमा समुहकी जेष्ठ सदस्य श्रीमति सुनमाया गुरुङ्ग, समुहका सल्लाहकार डा. रामजी शर्मा, उत्कृष्ट अंकका साथ एसइई परीक्षा उतिर्णगर्ने रविन सुनार, कृष्टो गुरुङ्ग, लिज्जु रायमाझी, आशिष पुन र बाह्रकक्षामा उत्कृष्ट अंकका साथ उतिर्णहुने दीपा पाण्डे, आशमान राना, सदिक्षा पोख्रेल, जिवन गुरुङ्ग र प्रशान्त श्रेष्ठ रहेका छन् ।

स्थापनाको छोटो समयमानै पोलेमनपा वडा नं. १४ मा उत्कृष्ट कार्यबाट स्थापित हुन सफल यस आमा समुहलाई विशिष्ट अतिथिहरु वडा प्रतिनिधि जितेन्द्र जंग थापा, नगर स्तरीय महिला समन्वय समिति उपाध्यक्ष ईन्द्रदेवी बानिया, मान्दे्रढुङ्गा टोल विकास संस्थाका अध्यक्ष देवीलाल कंडेल, सल्लाहकारहरु डा. रामजी शर्मा, नरसिङ्ग सारु, डोल बहादुर गुरुङ्ग, मान्द्रेढुङ्गा आमा समुहकी अक्ष्यक्ष देवी के.सी., मान्द्रढुङ्गाकी निबर्तमान अध्यक्ष शिवदेवी शर्मा, सूर्यमुखी आमा समुहकी सचिव शान्ति क्षेत्री, मान्द्रेढुङ्गा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष लिल बहादुर गुरुङ्ग लगाएतले बधाई दिदै आगामी दिनमा महिला, बालबालिका तथा समाजको विकास र सचेतनामा अझ रचानात्मक र उदाहरणीय कार्यहरु गर्दै जानकालागि शुभकामना व्यक्त गरेका थिए ।

सचिव धना गुरुङ्ग र उपाध्यक्ष कोपिला पाण्डेले संयुक्त रुपमा संचालित उक्त कार्यक्रममा समुहकी सदस्य शोभा शर्माले मन्तव्य मार्फत स्वागत गरेकी थिइन भने सम्मानित विद्यार्थीको तर्फबाट सदिक्षा पोख्रेल बोलेकी थिइन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.