www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट स्याङजामा पैदलयात्रीको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

स्याङजामा बसले पैदल यात्रीलाई ठक्कर दिदाँ एकको ज्यान गएको छ ।

पुतली बजार नगरपालिका –१ स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ जाँदै गरेको ना ४ ख २३२२ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट पैदल यात्री पुतली बजार नगरपालिका १३ लामपाटाका अन्दाजी ७३ वर्षीय मन बहादुर परियारको ज्यान गएको प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

बसको ठक्कर पश्चात उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको थियो उनको उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.