www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट रसुवा जाँदै गरेको टाटासुमो नदीमा खस्यो,३ को मृत्यु,३ वेपत्ता

पोखरा ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको टाटासुमो दुर्घटनामा परेको छ ।

बा १० च ५८२० नम्बरको टाटा सुमो गएराती रसुवास्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन् ।रसुवास्थित स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना हुदाँ टाटासुमो सडकबाट त्रिशुली नदीमा खसेको हो ।

Batas

टाटासुमोमा ११ जना सवार रहेका थिए । दुर्घटनामा आमाछोदिङमो गाउँपालिका –४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ । दुर्घटनामा टाटासुमो चालक ३२ वर्षीय निमा तामाङ, ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङजेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् ।उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.