www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एक मृत फेला, स्याङ्जामा छतबाट खस्दा वृद्धको मृत्यु

पोखरा ।

पोखरामा एक व्यक्ति मृत फेला परेका छन् ।

महानगरपालिका –२३ बाम्दीका ७३ वर्षीय पुर्ण बहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

उता स्याङ्जामा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्याङ्जा वालिङ नगरपालिका –१० मोदीखोलाका ७८ वर्षीय श्यामलाल ढकालको छतबाट खस्दा ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

छोरीको घरमा आएका ढकाल घरको २ तला माथि छतबाट खसेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.