www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘किसान बजार’का आठ किसान सम्मानित

पोखरा ।

पोखरामा बजार कृषि सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिकोत्सवमा नियमित रुपमा किसान बजारमा सहभागी किसानमध्ये आठ किसानलाई केही बीऊ सहित सम्मान गरेको छ ।

कार्यक्रममा कृषि अर्थ विज्ञ भानुभक्त भट्टराईले विषादीयुक्त तरकारीले उपभोक्ता चिन्तित भइरहेको बेला स्थानीय किसानको अर्गानिक उत्पादनलाई प्रर्वद्धन गर्न कृषिबजार उपयुक्त माध्यम भएको बताउँदै दैनिक किसानले आफ्ना उत्पादन ल्याएर बजारका विभिन्न ठाउँमा यसरीनै बिक्री वितरण गर्न पाएको खण्डमा किसान तथा उपभोक्ता दुवैलाई फाइदा पुग्ने छ भने ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडिरयाले किसानले विषादी रहित उत्पादनमै जोड दिनुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए। बजार कृषि सहकारी संस्थाका अध्यक्ष उषा गिरीले उक्त स्थानमा सञ्चालन भइरहेको “किसान बजार” ले स्थानीय किसानलाई कृषि पेशामा थप व्यावसायिक बनाउन सहयोग पुर्याएको बताउँदै स्थानीय ताजा तरकारीलाई व्यवस्थित तरिकाले खरिद, बिक्री तथा बजारीकरण गरी स्थानीय पहिचानसहितको उत्पादन उपभोक्ता माझ पुर्याउने सोच र उद्देश्य सहकारीले लिएको भनाइ राखे ।

सहकारी संस्थाद्धारा आफ्ना किसान शेयर सदस्यको सहकार्यमा कास्की जिल्लाभरका २० भन्दा बढी समूहका एक हजार भन्दा बढी साना किसान सदस्यसँग समन्वय गरी उक्त मेला सञ्चालन गरेको हो । किसानले आफनो बारीको उत्पादन सिधैँ उपभोक्तालाई बिक्री गर्दा आफूहरुलाई आर्थिक फाइदा पुगेको तथा उपभोक्ताको मागलाईसमेत बुझन पाएको धारणा राखेका थिए ।

उपभोक्ताले पनि किसानकै हातबाट विषादीरहित उत्पादन खरीद गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । विसं २०७३ साउन १ गतेदेखि स्थानीय किसान र उपभोक्ताको हितका लागि सञ्चालित उक्त “किसान बजार” हरेक शनिबार बिहान ७ बजे देखि १० बजेसम्म सञ्चालन हुँदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.