www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा क्रस-कन्ट्री दौड शुरु

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखरामा अन्र्तराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता शुरु भएको छ । पोखरा उद्योग वाणिज्य सघँ, पश्चिमाञ्चल होटल सघँ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा सो प्रतियोगिता लेकसाईड स्थित बाराहीघाटबाट बिहान शुरु भएको हो ।

उक्त प्रतियोगितामा नेपाल र चीनका गरी २० बढी टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Batas

प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौँ, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले दौडमा सहभागि रहेको बताए । उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहेको छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहेका छन् ।

उनले दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको बताउदै व्यक्तिगत प्रतिष्पर्धामा ४० किमीको दौडमात्र रहेको जानकारी दिए । उनका अुनसार दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्नेछन ।

सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउने छन भने चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन समेत मौका पाउनेछन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताईन । उनले नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक भित्राउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु‍ग्ने बताउदै पर्यटकको बसाई लम्बिने बताएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.