www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा छैन स्मार्ट लाइसेन्स, रसिद देखाउँदा उल्टै ट्राफिकको हप्की !

पोखरा
विनिता सुनार/ताण्डव न्यूज ।

पोखरामा रहेको यातायात कार्यालयमा विद्युतिय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)लिन आउनेको सँख्या दिन–प्रतिदिन बढ्दो छ । नेपाल सरकारले पनि काठमाडौँ, पोखरा लगायतका विभिन्न शहरबाट स्मार्टलाईसेन्स वितरण गर्ने भनेर केहि वर्ष अघि नै घोषणा गरेको हो । तर स्माार्ट लाइसेन्स समयमै नआउँदा सेवाग्राही रसिदकै भरमा हिड्न बाध्य छन् । ४ बर्ष देखि स्मार्ट लाइसेन्सको परिकल्पना आएपनि नेपालमै स्मार्ट लाइसेन्स नबन्दा सेवाग्राहीहरुले सास्ती भोग्न परिरहेको छ ।

स्मार्टलाइसेन्सको पखाईमा रहेका सेवाग्राहीले रसिद बोकेर हिन्दा सवारीचेकजाँच भए उल्टै जरिवाना तिनुपरेको गुनासो सुनाउँछन् । सेवाग्राहीले पटक–पटक लाइसन्स आयो भन्दै जाँदा कार्यालयबाट आश्वासनको पोको बोकेर फर्कनुपरेको छ । लाइसेन्स नआएकै कारण दिक्क भएका छन् पोखरा बगरका गोविन्द नेपाली । ‘अब त आयोकी भनेर जाँदा रित्तो हात फर्किनु पर्छ,’ उनले भने, ¬‘दुई बर्ष भन्दा बढी भयो, अब त आशै मरिसक्यो ।’ नेपालीले ३५ लटको लाइसेन्स पाउनुपर्ने भएपनि अहिले ५२ लट पुगिसक्दा समेत लाइसेन्स नपाएको गुनासो गरे ।
गोविन्द नेपालीको जस्तै समस्या अनिश श्रेष्ठको पनि छ । दुई बर्ष अघि लाइसन्सको लागि पास भएका श्रेष्ठले अहिलेसम्म स्मार्ट लाइसेन्स पाएका छैनन् । ‘दुई बर्ष बितिसक्यो तर स्मार्ट लाइसेन्स भने पाएको छैन, रसिदकै भरमा हिड्न बाध्य छौ,’ उनले भने ।

Batas

रसिद देखाउँदा देखाउँदै ट्राफिक प्रहरीले जरिवान काटेको अनुभव पनि उनीसँग छ । ‘रातो रसिद देखाउँदा ट्राफिकले लाइसन्स नै होइन भनेर झपार्छन्,’ उनले भने ।
यस्तै पस्र्याङ बस्ने बर्षा क्षेत्रीले पनि स्मार्ट लाइसन्सको लागि यातायात कार्यालयमा धाएको धेरै भइसक्यो । ‘लाइसन्सकै लागि भनेर धेरै दुःख पाएकी छु,’ उनले भनिन, ‘चेकिङमा पर्दा ट्राफिकले दुःख दिन्छन, कार्यालय आयो यता पनि उस्तै छ । यसरी कहिले सम्म चल्ने हो ?’

२०७२ साल मंसिर १४ गतेबाट सरकारले कागजी लाइसन्सलाई विस्थापित गर्ने भन्दै स्मार्ट लाइसेन्सको वितरण सुरु ग¥यो । नयाँ छापिने लाइसेन्स पनि स्मार्ट भएर आउने भनियो । तर, अहिले हजारौँ सेवाग्राही स्मार्ट लाइसेन्सको पखाईमा छन । स्मार्ट लाइसेन्सको लािग सरकारले भारतको मुद्रास सेक्युरिटी प्रिन्र्टसँग सम्झौता गरेको हो । त्यसले भारतमा नेपालीहरुको विवरण बाहिर गएको भन्दै विभिन्न तर्फहरु पनि उठ्दै आएको छ । त्यसमा सरकारले आफ्नो नागरिकहरुको विवरण राज्य बाहिर पठाउँदा पनि कुनै पहल नगरेको जन गुनासो समेत सुनिदै आएको छ ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतीपत्र गण्डकी प्रदेशका सूचना अधिकारी भरतराज काफ्लेले स्मार्टलाइसन्सको समस्या सेवाग्राहीलाई मात्र नभई यातायात कार्यालयका कर्मचारीलाई समेत परेको बताए । ‘हामीले फारम भर्ने र राज्स्व लिने काम मात्र गर्छाै,’ काफ्लेले भने, ‘बाँकी काम केन्द्रिय विभागले नै गर्छ, विभागमा सिस्टम छैन त्यसैले समस्या जटिल बनेको हो ।’ बिभागले बिना तयारी योजना ल्याउनाले सेवाग्राही मर्कामा पर्न गएको काफ्लेको भनाई छ । ‘नेपालमा स्मार्ट लाइसन्स छाप्ने प्रविधि नै छैन, उनले भने, ‘भारतबाट छापिएर आउँने हो, त्यसैले पनि धेरै समस्याहरु आइरहेका छन् ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.