www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नक्कली नोटसहित श्रीमान श्रीमती पक्राउ

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा नक्कली नोट सहित श्रीमान श्रीमती पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका – १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली नोट दिई रिचार्ज काडै लिई फरार भएका ३२ वर्षीय नरेश लामा र उनकि २५ वर्षीया श्रीमती सरस्वती बलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मकवानपुर हेटौडा घर भई हाल पोखरा – ५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने लामा र बलामीले चढेको ग १४ प ३५४ नम्बर को डुक मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड किनेका थिए ।

उनीहरुको साथबाट १९ थान १ हजारको नोट, १ थान नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर ,९० हजार रुपैयाँ बराबरको एनटिसी र एनसिएलको रिचार्जकार्ड ,एउटा ल्यापटप, २ वटा मोबाइल, र दुई थान पाँच सयको भारतिय नोट बरामद भएको प्रदेश प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.