www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नयाँ साहसिक खेल हट एयर बेलुन

पोखरा ।

पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबार ( हिजो )देखि हट एयर बेलुन पनि थपिएको छ ।

साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङ देखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् ।

Batas

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले पर्यटकलाई थप आकर्षित गर्ने बताए । उनले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे ।

प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको जनाए ।

हट एयर बेलुन उडाउन प्रा .लि ले एक करोड ५० लाख रुपैँयाको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए ।

बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैँया र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्नेछ । सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चढ्ने प्रत्येक यात्रुको २० हजार डलर बराबरको बीमा गरिएको महर्जनले बताए ।

निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.