पोखरा,
ताण्डव न्यूज ।
२५ वर्ष पहिले स्थापना भएको मनिपाल कलेज अफ मेडिकल साइन्सेजले रजत जयन्तीको अवसरमा डिनकप आयोजना गर्ने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुन लागेको डिनकप यहि वैशाख १३ गतेदेखि १९ गतेसम्म चल्नेछ ।
डिनकपमा फुटबल, बास्केटबल, क्रिकेट, फुटसल, टेबलटेनिस, भलिबल प्रतियोगिता हुनेछ साथमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम संयोजक राम मण्डलले बताए ।प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजका ४ सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
डाक्टर, नर्स , फार्मेसी लगायत विषय पढ्ने विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने खेल संयोजक युजल कार्कीले बताए । प्रतियोगिता पोखरा रंगशाला, भाट भटेनीको माथिल्लो तल्लामा रहेको फुटसल मैदान, मनिपाल शिक्षण अस्पतालको खेलमैदानमा हुनेछ ।
प्रतिगिताको लागि ४२ लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.