www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलो पटक नेपाली फुड फेस्टिबल हुने

पोखरा,
ताण्डव न्यूज ।

रेवान पोखराको आयोजनामा पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना हुने भएको छ । यहि असार १३ गते हुने महोत्सवको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली खानाको प्रर्वद्धन, ब्रान्डिङ र बजारीकरण गर्ने हिसाबले नेपालमै पहिलो पटक यस्तो महोत्सवको आयोजना गर्न लागेको रेवानका महासचिव गणेश थापाले बताए । ‘महोत्सवमा साँगीतिक प्रस्तुती समेत रहनेछ,’ उनले भने, ‘यसपटक एकदिन भएपनि अर्को बर्षदेखि धेरै समयका लागि महोत्सव हुनेछ ।’

Batas

महोत्सवमा ५ स्टलबाट थकाली खाना, नेवारी खाना, गुरुङ खाना, थारु खाना, र केराका परिकारहरुको छुट्टाछुट्टै स्वाद लिन सकिने थापाले जानकारी दिए । साँझ ५ बजेदेखि ११ बजेसम्म हुने महोत्सवमा निशुल्क अवलोकन गर्न सकिनेछ । महोत्सव लेकसाइड स्थित बाराही चोकको पछाडि चौरमा हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.